दफा १०
निकासी पैठारी सम्बन्धी सुविधा
केन्द्रले आफ्नो प्रयोगको लागि निकासी वा पैठारी गर्ने मालसामानमा भन्सार महसुल, बिक्रीकर वा कुनै दस्तुर र निकासी पैठारी सम्बन्धी प्रतिबन्ध लगाइने वा नियन्त्रण गरिने छैन ।
तर केन्द्रले निकासी वा पैठारी गरेको मालसामानको विवरण भन्सार कार्यालयलाई दिनु पर्नेछ ।